रकम लुटपाट गर्ने अभियुक्त पक्राउ

इनेप्लिज २०७१ माघ १९ गते १६:१९ मा प्रकाशित

201312121386856192idराजविराज, १९ माघ । सप्तरीको कठोनास्थित राष्ट्रिय वाणिज्य बैंक शाखाबाट रु एक लाख झिकी घरतर्फ जान लागेकालाई लुटपाट गर्नेलाई पक्राउ गरी आज जिल्ला प्रहरी कर्यालय सप्तरीमा पत्रकार समेलनमार्फत सार्वजानिक गरिएको छ ।

सप्तरी मधुपट्टी गाविस–१ बस्ने राजकुमारी चौधरीले बैकबाट रकम झिकी साइकलमा घर जना लाग्दा सप्तरी छिन्नमस्ता–५ बस्ने २५ वर्षीय पङ्कज यादव र २३वर्षीय सोनु रायले लुटपाट गरेको अभियोग लगाइएको छ ।

कठोनामा चौधरीसँग रु एक लाख र एक थान मोबाइल लुटपाट गरी फरार भएका भनिएका यादव र रायलाई प्रहरीले विशेष खोजतलास गरी निजको घरबाटै लुटिएको नगद र मोबाइलसमेत बरामद गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक केदार ढकालले बताउनुभयो ।

लुटपाटमा प्रयोग गरिएको स५प ५१६ नंको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया