सुनसरीमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि
इनरुवा, १९ माघ । बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ ।
सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना भएका छन् ।
जिल्लामा विष सेवन गरी र पानीमा हाम फालेर नौ, झुन्डिएर ४७ गरी ५५ जनाले आत्महत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो । प्रहरीले दिएको जानकारीअनुसार साउनमा पाँच, भदौमा आठ, असोजमा १३, कात्तिकमा नौ, मङ्सिरमा १४ र पुसमा आठ गरी ५५ जनाले आत्महत्या गरेको तख्याङक रहेको छ ।
आत्महत्या गर्नेमा १२ वर्ष देखि २५ वर्ष उमेर समूहका मानिस बढी रहेका छन् । आत्महत्याको घटनामा वृद्धि हुनुको कारण प्रेममा असफल, आर्थिक तनाव, घरायसी तनाव, परीक्षामा असफल, घरेलु हिंसालगायत रहेको पत्रकार जयकृषण यादव बताउनुहुन्छ । गत वर्ष पनि एक वर्षको अवधिमा ९७ जनाले आत्महत्या गरेका थिए ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया