मधेसी मोर्चाले ३० दलको आन्दोलनलाई प्रभावकारी बनाउने
काठमाडौँ, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सद्भावना पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले आन्दोलनलाई सफल बनाउन सबै नेता कार्यकर्तालाई जिल्लामा खटाउने भएको छ ।
मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धनद्वारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने र त्यसको तयारीका लागि नेतालाई जिल्लामा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।
केहीदिनयता मोर्चाभित्र देखिएको खटपटबारेको जिज्ञासामा उहाँले भन्नुभयो, “मोर्चामा कुनै विवाद छैन, जहाँसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षजीसँग जोडिएको कुरा छ, त्यो उहाँको व्यक्तिगत धारणा हो, जुन उहाँले बैठकमा प्रष्ट पार्दै व्यक्तिगत धारणाबाट आत्तिनुपर्दैन भन्नुभएको छ ।”
आन्दोलनसँगै वार्ता र संवादको ढोका बन्द नगर्ने, त्यसका लागि नेपाली काँग्रेस र एमालेले सहमतिको वातावरण बनाउनुपर्नेमा मोर्चाले जोड दिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया