वन्यजन्तुद्वारा रु १० लाखको अन्नबाली नष्ट
पुनर्वास (कञ्चनपुर), १८ माघ । पुनर्वास नपा–३ स्थित सीता बस्तीमा पटक–पटक वन्यजन्तुबाट कृषकको ३० बिगाहा जमिनमा लगाइएको अन्नबाली नष्ट हुँदा रु १० लाखबराबरको क्षति भएको छ ।
गएको मङ्सिर महिनादेखि आरक्ष र सामुदायिक वनबाट नियमितजसो आउने गरेका हात्तीको बथानले सीता बस्तीका कृषकले लगाएको अन्नबाली मास्ने गरेका हुन् ।
सो गाउँका १०९ जना कृषकको ३० बिगाहा जग्गामा लगाइएको गहुँ, तोरी र उखुबालीमा जङ्गली हात्ती चरेपछि रु १० लाखबराबरको खाद्यान्न बाली नोक्सान भएको प्रहरीले जनाएको छ ।
कृषकको खेतबारीमा गई प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का लिएपछि क्षतिको विवरण सार्वजनिक भएको हो ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका प्रमुख, इलाका प्रशासनलगायतको सहभागिता रहेको टोलीले स्थलगत निरीक्षण गरी मुचुल्का तयार गरेको हो ।
सो क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काले बताउनुभयो । पटक–पटक खेतबारीमा आएर जङ्गली हात्तीले बाली नोक्सान गर्ने गरेकाले लहलहाउँदो जमिन उजाड बन्दा आर्थिक भार थपिएको कृषक मानबहादुर खत्रीले दुखेसो पोख्नुभयो ।
स्थानीय जनताले जङ्गली हात्तीको बथान देखापर्ने बित्तिक्कै खेतबारी ट्र्याक्टर चलाएर र बाजा बजाएर धपाउने काम गरिआएका थिए ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया