कर्णाली स्वायत्त प्रदेश माग
इनेप्लिज
२०७१ माघ १८ गते १०:२५ मा प्रकाशित
काठमाडौँ, १८ माघ । कर्णाली जनअधिकार मञ्चले अब बन्ने संविधानमा कर्णालीलाई स्वायत्त बनाउनुपर्ने माग गरेको छ ।
सो मञ्चले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायाले सहमतिबाट होस् वा प्रक्रियाबाट होस् तर कर्णालीवासीको भावनाअनुरुप कर्णाली स्वायत्त प्रदेशलार्ई सरकारले उपेक्षा गरेमा कडा सङ्घर्षमा उत्रने बताउनुभयो ।
राज्यको पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यलाई आधार मान्ने कुरा अघिल्लो संविधानसभामा नै सहमति भइसकेको र यो संविधानसभाले सहमति भइसकेका विषयको स्वामित्व ग्रहण गरिसकेको उल्लेख गर्दै त्यसमा विवाद गर्नु औचित्यहीन भएको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया