अहिलेको प्रक्रिया स्थगित गरेर वार्ता सुरु गर्नुपर्छः उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ, १८ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ दलले संविधानसभाको अहिलेको प्रक्रियालाई स्थगित गरेर आएमा संविधान लेखन प्रक्रियामा आफ्नो पार्टी नयाँ शिराबाट सहभागी हुन तयार रहेको बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले आज उहाँको निवास धोवीघाटमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपाध्यक्ष श्रेष्ठले सत्ताधारी राजनीतिक दलले बहुमतको हठ त्यागी सहमतिबाट अघि बढ्न तयार हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले आफ्नो पार्टी वार्ता र सहमतिको विरोधी नभएको बताउँदै बहुमतीय प्रक्रिया सुरु गरेर काँग्रेस र एमालेले नै वार्ताको ढोका बन्द गरेको आरोप लगाउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले जनताले ऐतिहासिक सङ्घर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुलाई पूर्णरुपमा संस्थागत गर्न जनआन्दोलन, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र ऐतिहासिक सम्झौताका सहयात्रीहरुबीच सहमति अनिवार्य रहेकामा जोड दिनुभयो । उहाँले एमाओवादी संविधानसभा छोड्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया