आईसिटी पत्रकार मञ्चद्धारा प्रकाशित आईसिटी ईन्फो पत्रिकाको विमोचन

इनेप्लिज २०७१ माघ १७ गते १९:२५ मा प्रकाशित

 

 

 

unnamed (1)संघिय सद्भावना पार्टीका अध्यक्ष तथा पुर्व उद्योग मन्त्री अनिल कुमार झा र प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले यंयुक्त रुपमा आईसिटी पत्रकार विकास मञ्चद्धारा प्रकाशित आईसिटी ईन्फो पत्रिकाको विमोचन गरे । रिपोटर्स क्लव भक्तपुर शाखाको उद्घाटन तथा आइसिटी इन्फो पत्रिकाको विमोचन गर्दै झाले सूचना प्रविधिको आजको युगमा मञ्चको यो प्रकाशन महत्वपूर्ण रहेको बताए । 

पत्रिका बिमोचन कार्यक्रममा प्रेश काउन्सीलका अध्यक्ष वोर्ण वहादुर कार्कीले नेपालको पत्रकारीता इतिहासमा अनलाइनसँगै आइटी पत्रकारीता अबको आवश्यकता रहेको बताउदै सूचना संचार प्रविधिको विधि जानकारी दिने आइसिटी पत्रिका प्रकाशनको सर्हना गर्दै पत्रकारीता जगतमा यसले नयाँ आयम थप्ने विश्वास व्यक्त गरे । साथै रिपोटर्स क्लवको फरक पहिचाहन रहेकाले यसको भक्तपुरमा पनि शाखा विस्तार हुनु भनेको संचारमा नयाँ   खुट्किलो रहेकोबताए ।
यसै गरी क्यानका द्धितिय उपाध्यक्ष नारायण न्यौपाने र रिपोटर्स क्लव भक्तपुरका अध्यक्ष मणी लामिछाने लगायतले आइसिटी इन्फो पत्रिकाको निरन्तरताको लागि शुभकाना ब्यक्त गर्दै संचार जगतमा आईसिटीको महत्पुर्ण भुमिका रहेकाले यसलाई सबैले राजनीति तहबाटै पहिलो प्राथमिकतमा राख्नुपर्नेमा जोड दिए । आइसिटी पत्रकार मञ्चको यस प्रकाशनमा सहयोग पुर्याउनुहने सबै निकाय, क्षेत्र, संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद दिदै आइसिटी क्षेत्रबाटै आइसिटी मिडिया र पत्रकारीतालाई हेर्ने दृष्टिकोण संकोचित रहेकोले यसको दायरालाई फराकिलो पार्नुपर्नेमा संस्थाका संस्थापक अध्यक्ष तथा आइसिटी इन्फोका सम्पादक भरतराज उप्रेतीले बताए । 

आइसिटी मिडियासँगै सहकार्यमा जाने भन्ने प्रतिबद्धता दिएका व्यक्तिबाटै असहयोग भएकोले आइसिटी इन्फो प्रकाशनलाई सोचेरुपमा क्यान इन्फोटेकबाट विमोचन गराउन नसक्दा दुःखी भए पनि गुणात्मक तवरले पत्रिकाको विमोचन कार्य भएकोले यसको हाइट संस्थागत रुपमा नै बलियो भएको बताउदै आइसिटी क्षेबको साँच्चिकै विकास गर्ने आइसिटी संघ संस्था र व्यक्तिसँग संस्था सदैव हातेमालो गर्न तयार रहेको संस्थाका अध्य्रक्ष मुकुन्द कुमार ढुंगानाले बताए ।

७ जिल्लामा शाखा बिस्तार भइसकेको र प्रिन्ट अनलाइन, रेडियो टेलिभिजन लगायतका सञ्चार मिडिया हाउसमा कार्यरत ३०० सयभन्दा बढी पत्रकारहरु संस्थामा आबद्ध भइसकेकोले यो संस्थालाई वेवास्ता नगर्न सम्बन्धित आइसिटी संघ संस्था र व्यक्तिहरुलाई खबरदारी समेत ढुंगानाले विमोचन कार्यक्रमबार्ट गर्नुभएको थियो । 

आइसिटी इन्फो पत्रिका विमोचन तथा रिपोटर्स क्लवको शाखा उद्घाटन कार्यक्रमका संयोजक तथा इन्फोका सम्पादन सल्लाहकार नारायण गिरीले आइसिटी क्षेत्रलाई राजनीतिक चेतनाबाट माथि ल्याउने अबको सञ्चारकर्मी र मिडिया संस्थाको भैमिका रहेकोले आइसिटी पत्रकारीताको अभियानलाई आइसिटी पत्रकार विकास मञ्चले देशैभरि लैजाने लक्ष्य र उद्देश्यअनुरुप आइसिटी इन्फो प्रकाशनमा ल्याएको बताए । सञ्चार जगतमा अबको पत्रकारीता आइसिटी पत्रकारीतामा अगाडी बढाउन आवश्यक छ यसका लागि अबको युवा सञ्चारकर्मी ऐक्यवद्ध भएर लाग्नुपर्दछ । 

समय सूचना प्रविधिको हो । यसबाट कोही पनि अब अलग रहन सक्तैन । राजनीतिक चेतनास्तररई बढवा दिन र देश विकासमा आइसिटीलाई प्रयोग र उपयोगमा ल्याउने आइसिटी पत्रकार विकास मञ्चको आइसिटी पत्रकारीता अभियान सर्हानीय छ आइसिटी विमोचनका प्रमुख अतिथि अनिल कुमार झा र विशेष अतिथि बोर्ण बहादुर कार्की तथा क्यान महासंघका द्धितिय

प्रतिक्रिया