मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०३:३३
वासिङटन डिसी 17:48

विवादित अधिकांश विषयमा सहमति भइसक्यो: नेता पाण्डे

इनेप्लिज २०७१ माघ १७ गते १६:०८ मा प्रकाशित

surendra-pandeyपाल्पा, १७ माघ । नेकपा  एमाले का नेता सुरेन्द्र पाण्डेले सबै दलको सहमतिमा नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले संवैधानिक अदालत, मिश्रित निर्वाचन प्रणाली, सुधारिएको संवैधानिक व्यवस्थालगायतमा लगभग सहमति नजिक पुगिसकेको बताउनुभयो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारद्वारा प्रस्तुत प्रस्तावलाई आधार मानेर भए पनि सहमति गर्न सकिने उहाँको भनाई थियो ।

प्रतिक्रिया