माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आइतबार
इनेप्लिज
२०७१ माघ १७ गते १५:३३ मा प्रकाशित
काठमाडौँ, १७ माघ । पूर्वनिर्धारित माघ ८ गते संविधान नबनेपछिको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्न नेकपा–माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ ।
माओवादीले आजका लागि बैठक बोलाए पनि आज अनौपचारिक छलफल मात्रै गरी भोलिका बैठक बस्ने गरी स्थगित गरिएको केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आगामी कार्यनीति, केन्द्रीय समिति विस्तार, क्रान्तिकारी पार्टीबीच एकतालगायत विषय कार्यसूचीको रुपमा राखिएको छ ।
पार्टी विभाजन भई सचिव नेत्रविक्रम चन्द पक्षले छुट्टै पार्टी गठन गरेपछि रिक्त रहेको केन्द्रीय समितिलगायत पदमा बैठकले पूर्णता दिने तयारी गरिएको छ ।
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
प्रतिक्रिया