‘अन्तरिम’ शब्द हटाएर संविधान जारी गर्न मधेसी दलले मानेनन्ः नेता देउवा
इनेप्लिज
२०७१ माघ १७ गते १५:२९ मा प्रकाशित
धनगढी, १७ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अन्तरिम संविधानको अन्तरिम शब्द हटाएर संविधान जारी गर्न आफुले राखेको प्रस्तावलाई मधेसी दलले नमानेको बताउनुभएको छ ।
आज गेटा विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता देउवाले समयमै सहमतिमा संविधान जारी हुन नसकी दलहरुबीच मतभेद बढेको सन्दर्भमा निकासका लागि आफूले सो प्रस्ताव राखेको उल्लेख गर्नु भयो ।
पत्रकारको जिज्ञाशामा उहाँले राज्यको पुनःसंरचना गर्दा सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पहाडका जिल्लाबाट अलग गर्नु हुँदैन भन्नेमा अघिल्लो संविधानसभामा नै एमाओवादी, काँग्रेस र नेकपा एमालेले हस्ताक्षर गरिसकेकाले यी दुई जिल्लालाई टुक्र्याउने कुरा गर्नुको अर्थ नभएको बताउनुभयो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया