अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरु आजित
अष्ट्रेलिया । अस्ट्रेलियाको पश्चिमी शहर पर्थका अवैतानिक महाबाणिज्यदूतका रवैयाका कारण पर्थमा रहेका नेपालीहरु आजित भएका छन् ।
नेपालीहरुको बाहुल्यता रहेको पर्थबाट ६५ किलोमिटर टाढाको दूरीमा बसोबास गर्दै आएका अवैतानिक महाबाणिज्यदूत फ्रेड ब्राउनले समय नदिएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको भन्दै नेपालीहरुले गुनासो गरेका हुन् ।
हप्तामा दुई दिन चार–चार घण्टा कार्यालय खोलेर सेवा दिनुपर्ने भए पनि उनले हप्तामा दुई घण्टा मात्रै कार्यालय खोल्ने गरेको पर्थमा रहेका रमेश लामिछानेले बताए । ब्राउनको गैर जिम्मेवारीपनका कारण सानोतिनो कामका लागि पनि नेपालीहरु ५ घण्टा प्लेन चढेर अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावास पुग्नुपर्ने अबस्था छ ।
नेपाल सरकारले १४ महिना अघिमात्रै ब्राउनलाई पर्थका लागि अवैतानिक दूतमा नियुक्त गरेको थियो । उनले अहिलेसम्म एकपटक मात्र नेपाल भ्रमण गरेका छन् । न त उनले नेपालकै बारेमा केही बुझेका छन् । पर्थमा नेपालीहरुले दुःख पाउनु त छँदैछ, नेपाल प्रबद्र्धन जस्ता महत्वपूर्ण कामहरु समेत हुन सकेका छैनन् ।
‘अवैतानिक महाबाणिज्यदूतको काम नेपालको झण्डा राख्ने र भिजिटिङ कार्ड बाँड्ने मात्रै हो र ?, पर्थमा रहेका एक नेपालीको प्रश्न छ, ‘नेपाल र नेपालीको हितमा काम हुनुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । नेपाल सरकार गम्भीर बनोस ।’
पर्थमा रहेका नेपालीहरुले लामो समयदेखि बसिरहेका नेपाली मध्येबाट कन्सल जनरल नियुक्त गर्न माग गरेका छन् ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया