बिश्वकै सवैभन्दा होचा ब्यक्ति चन्द्रबहादुर डाँगी रोमानियाको भ्रमण पछि नेपाल फर्के

इनेप्लिज २०७१ माघ १७ गते ११:०९ मा प्रकाशित

chandra 3

बिश्वकै सवैभन्दा होचा ब्यक्ति ७५ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी रोमानियाको एक हप्ते भ्रमण पुरा गरि नेपाल फर्केका छन् । बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा रोमानियाका गैर आवासीय नेपाली संघका अध्क्षय नवराज पोखरेलले अन्तिम बिदाई गर्नु भयो l

हप्ता दिनको रोमानियाको भ्रमणमा डाँगीलाई रोमानियाको प्रख्यात टेलिभिजन प्रो टिभीको एक रियालिटी शो मा सम्मानका साथ चार दिन सम्म देखाईएको सो कार्यक्रमले ठूलो सफलता पाएको थियो ।

बिश्वकै सवैभन्दा होचा ब्यक्ति चन्द्रबहादुर डाँगीलाई रोमानियामा बसोबास गर्ने नेपालीहरूले स्वागत गर्ने मौका पाएका थिए । रोमानियाका लागि गैर आबासिय नेपाली राजदूत डा. रबि मोहन सापकोटाज्यूले मस्को स्थित नेपाली राजदूताबासबाट फोनबाट चन्द्रबहादुर डाँगीलाई सम्पर्क राखी आफ्नो सद्भावना र आदरको भावना प्रकट गर्दै उहाँको सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो । बुखारेस्ट शहरका नगर प्रमुखले चन्द्रबहादुर डाँगीलाई एक रात्री भोजमा निमन्त्रणा गरेका थिए l

दाङ पुरन्धारा निवासी डाँगीको उचाई गिनिज बुक अफ वल्र्ड रेकर्डको टोलीले सन् २०१२ मा ५४.६ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो। यो बुढ्यौलीमा बिश्व किर्तिमानकायम राख्न गिनिज बुकको सम्पर्कमा पुगेका चन्द्र बहादुर डाँगी ले नयाँ किर्तिमानबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको छ । चार दाजुभाईभन्दा निकै कम उचाई रहेका चन्द्रबहादुर भन्छन्-‘मलाई सन्सार घुमेर अरु देशमा मानिसहरु पनि

भेट्न मन छ ।’

chandra 4

chandra 1

प्रतिक्रिया