सुधारिएको चुलो बनाउने प्रशिक्षण कार्य सुरु

इनेप्लिज २०७१ माघ १७ गते ६:१४ मा प्रकाशित

sudhariyeko-chuloमहोत्तरी, १७ माघ । गाउँलाई धुवाँमुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत महोत्तरीको बर्दिवासमा सुधारिएको चुलो बनाउने कार्यका लागि प्रशिक्षक प्रशिक्षण कार्य सुरु गरिएको छ । नवीकरणीय ऊर्जा खानेपानी तथा सरसफाइ प्रवद्र्धन केन्द्र चन्द्रनिगाहापुरको आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तालिम सुरु भएको हो ।

नेपाललाई सन् २०१७ भित्र धुवाँमुक्त मुक्त घोषणा गर्ने घोषणा गर्ने लक्ष्यअनुरुप यस कार्यक्रमका जिल्ला संयोजक र सामुदायिक परिचालकका लागि सुधारिएको चुलो प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको नवीकरणीय ऊर्जा खानेपानी तथा सरसफाइ प्रवद्र्धन केन्द्र चन्द्रनिगाहापुरले जनाएको छ । सुधारिएको चुलो निर्माण भएसँगै विशेषगरी गृहिणीहरुमा देखिने गरेको स्वास्थ्यसम्बन्धी समस्यामा समेत कमी आउने तालिममा सहभागी जयन्ती तामाङले जानकारी दिनुभयो ।

सुधारिएको चुलोमा थोरै दाउराले खान पाक्ने, भान्सा पनि व्यवस्थित र सफा हुने भएकाले यसको प्रवद्र्धनमा स्थानीय संस्थाहरु क्रियाशी भएका  छन् । तालिममा सात जिल्लाका करिब २० जनाको सहभागिता रहेको छ । तालिम माघ २१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया