छ महिनामा पाँच हजारभन्दा बढी पर्यटक
इनेप्लिज
२०७१ माघ १७ गते ४:३७ मा प्रकाशित
इलाम, १७ माघ । छ महिनाको अवधिमा इलाममा आन्तरिक र बाह्य गरी पाँच हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।
कोल्बुङस्थित किटेनीमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार ४६४ पर्यटक इलाम भित्रिएका हुन् । यीमध्ये १४० बाह्य पर्यटक छन् ।
पर्यटकीयस्थल माईपोखरी, सन्दकपुर, रेडपाण्डा पाइने जमुनाको चोयाटार, इलामको चियाबारी, भ्यूटावरलगायतको भ्रमणका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।
सूचना केन्द्रमा जिल्लाको पर्यटकीयस्थलको बारेमा अङ्ग्रेजीमा लेखिएका पर्याप्त ब्रोसर नहुँदा बाह्य पर्यटक समस्यामा पर्ने गरेका छन् ।
अमेरिका, चीन, कोरिया, जर्मन, भारतलगायतका तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् । झापा, मोरङ, धरान, सुनसरीलगायत विभिन्न जिल्लाबाट अध्ययन अवलोकनका लागि समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया