बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०४:४०
वासिङटन डिसी 18:55

झुन्डिएको अवस्थामा शव भेटियो

इनेप्लिज २०७१ माघ १७ गते ४:२४ मा प्रकाशित

susaid-atmahatyaभीमदत्तनगर, १७ माघ । कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–१ मा एक अपरिचित व्यक्तिको शव झुन्डिएको अवस्थामा भेटिएको छ ।

प्रहरी सहायक निरीक्षक गणेश धामीले आज बिहानै गणेशपुर गाउँमा अन्दाजी ३५/३६ वर्षको युवकको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको बताउनुभयो ।

मृतक स्थानीय गाउँको नभएको र उसको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बिहानै गाउँलेहरुले घर नजिकैको रुपमा युवक झन्डिएको अवस्थामा देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

प्रतिक्रिया