तीन दिनदेखि तीन बालिका बेपता
इनेप्लिज
२०७१ माघ १७ गते ४:२१ मा प्रकाशित
जाजरकोट, १७ माघ । नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् ।
बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविहीन भएको परिवारले बताएका छन् ।
बेपता बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय नायकवाडामा निवेदन दिइएको आफन्त खड्कविक्रम शाहीले जानकारी दिनुभयो ।
सरस्वती मावि सिलीगीचौरमा अध्ययनरत ती बालिकाका खोजी गरी दिन आफन्तले सबैमा अनुरोध गरेका छन् ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया