बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १०:२३
वासिङटन डिसी 00:38

हिमपात हुँदाहुँदै फेरि हुम्लामा खाद्यान्न सङ्कट

इनेप्लिज २०७१ माघ १६ गते १६:५२ मा प्रकाशित

khadhyaहुम्ला, १६ माघ । नेपाल खाद्य संस्थान शाखा हुम्लाले तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेता पनि गोदाममा मौज्दात सकिएकाले जिल्लामा फेरि खाद्यान्न सङ्कट हुनथालेको छ ।

हुम्ला जिल्लाको आर्थिक वर्ष २०७१÷०७२ मा कोटा १० हजार ९०० क्विन्टल स्वीकृत भएपनि पुस २ गतेदेखि हालसम्म दुई हजार क्विन्टल चामल र गहुँ मात्र संस्थानले वितरण गरेको छ ।

कारागारका कैदीलाई कोटाअनुसार आठ क्विन्टल ८८ केजी छुट्याइ सिमिकोट गाविसका जनतालाई प्रतिव्यक्ति पाँच केजीका दरले, कर्मचारी, शिक्षक र प्रहरीलाई १५ केजी, होटल व्यवसायीलाई चार केजी र विद्यार्थीलाई १० केजीका दरले मात्र वितरण गरेपछि खाद्यान्न सङ्कट बढेको छ ।

खाद्यान्न सङ्कट भएपछि नेपाल खाद्य संस्थान शाखा हुम्लाले अञ्चल कार्यालय नेपालगन्ज र केन्द्रीय कार्यालय काठमाडौँलाई तत्काल हवाइमार्गबाट तीन हजार क्विन्टल, पैदलमार्गमा दुई हजार ५०० क्विन्टलका लागि पत्राचार गरी हुम्लाका जनतालाई भोकमरीबाट बचाउन अनुरोध गरेको छ । जिल्लाका १० गाविसका जनतामा खाद्यान्न सङ्कट हुने संस्थानको हुम्ला शाखा प्रमूख सुरेन्द्र पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दैवी प्रकोपका लागि दुई हजार क्विन्टल मौज्दात राख्नुपर्ने बताएपनि पटक पटक  खाद्यान्न उपलव्ध गराउन तोक लगाएकाले गोदाम खाली भैसकेको छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संकट समाधान गर्न आपूर्ति मन्त्रालयसँग खाद्यान्नको माग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया