बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २२:१५
वासिङटन डिसी 12:30

ट्रकको ठक्करबाट महिलाको मृत्यु

इनेप्लिज २०७१ माघ १६ गते १६:३० मा प्रकाशित

accidentउर्लाबारी, १६ माघ । मोरङको हसन्दहमा आज दिउँसो ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

पथरीबाट हसन्दहतर्फ जाँदै गरेको ना१ख ८०४१ नम्बरको ट्रकले ठक्कर दिँदा पथरी शनिश्चरे–६ निवासी ५९ वर्षीया डिल्लीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । ट्रक चालक फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द पुरीले बताउनुभयो ।

प्रतिक्रिया