पुँजी परिचालन गरे गाउँमा वित्तीय संस्था आउँछः गभर्नर
गजुरी (धादिङ), १६ माघ । गाउँमा रहेको साना पुँजीलाई परिचालन गर्ने बानीको विकास गर्ने हो भने गाउँमा बैंक तथा वित्तीय संस्था आउने नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले बताउनुभएको छ ।
धादिङको कटुन्जे बजारमा आज आयोजित पाविल साना किसान कृषि सहकारी संस्था कटुन्जे र साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
गाउँमा छरिएका साना पुँजी सङ्कलन गरी साना किसानमार्फत उद्यमबाट आम्दानी गर्न स्थानीयलाई आग्रह गर्दै डा खतिवडाले साना लगानीबाट नै ठूला लगानी भित्र्याउन सकिने उल्लेख गर्नु भयो ।
साना किसान कृषि सहकारी सङ्घ लि धादिङबाट अनुसरित पाविल र सेमजोङ साना किसान कृषि सहकारीले आजबाट आफैँले वित्तीय कारोबार गर्ने छन् ।
पाविल साना किसान कृषि सहकारी ८० समूहका ५०५ जना सेयर सदस्यबाट रु १७ लाख ३८ हजार बचत सङ्कलन भएको छ ।
यसैगरी सेमजोङ साना किसान कृषि सहकारीको ६८ समूहका ३८६ सेयर सदस्यबाट रु ११ लाख ५१ हजार बचत सङ्कलन भएको छ ।
साना किसान कृषि सहकारी धादिङका अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासदद्वय धनबहादुर घले र पर्शुराम तामाङले शुभकामना व्यक्त गर्नुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया