डिसी मेट्रो क्षेत्रका बालबालिकाको लागि नेपाली पढाइने

इनेप्लिज २०७१ माघ १६ गते ११:२९ मा प्रकाशित

आदरणीय दाजुभाई ,दिदि बहिनि तथा अभिभावकज्युहरु ,
डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने नेपाली महिलाहरुको सक्रियता नेपाली बालबालिकाहरुको लागि कक्षा संचालन गरिने सहर्ष जानकारी गराउदछौ l
फेब्रुअरी ७, २०१५ शनिबार १० देखि १२ बजे सम्म नेपाली कक्षा सुरु हुने भएको छ l र ,यहि आउदो जनवरी ३१ तारिख बिहान १० देखि १२ बजे सम्म दर्ता गरिने भएकोले आफ्ना छोराछोरीलाई दर्ता गराउन नेपाली पाठशाला संचालक समुह आग्रह गर्दछ l
भर्जिनियाको सेन्टरभिलमा पढाउने नेपाली पाठशाला रहेकोले आ-आफ्ना सन्तानहरुलाई नेपाली पढाउन चाहना राख्ने सम्पूर्ण अभिभावकहरुलाई सम्पर्क गर्न हुन् अनुरोध गर्दछौ l
उक्त नेपाली पाठशालामा प्रत्येक शनिबार २ घण्टाको समय पढाइने छ भने बालबालिकाहरुको लागि ३ समुहमा विभाजित गरिने छ, पहिलो समुहमा ३- ६ बर्ष, दोश्रो समुहमा ६-१२ बर्ष र तेश्रो समुहमा १२ बर्ष माथिका बालबालिकाहरुलाई पढाइने छ l
नेपाली पाठशालामा नेपाली पढ़ाईनुको अतिरिक्त संगीत तथा नृत्य पनि सिकाईने छ l
धन्यबाद !
संचालक :
नेपाली महिला स्वयम् सेवक समुह
नेपाली पाठशालाको ठेगाना :
5649 Mt.Gilead Rd 
Centreville ,VA 20120
(St.Johns church )
सम्पर्क :
बिना खड्का :703.901.6509 
Email :chandrabina@yahoo.com 

प्रतिक्रिया