देशले अब छिट्टै संविधान पाउँछः मन्त्री आचार्य
धादिङ, १६ माघ । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माण गर्ने प्रक्रियाको थालनी भइसकेकाले देशले छिट्टै नयाँ संधिवान पाउने बताउनुभएको छ ।
उत्तरी धादिङको खहरेमा आजदेखि आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्ने जानेक्रममा बिहान धादिङबेंसीमा नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले संविधानसभाबाट संविधान बनाउने कार्यसूची एकीकृत नेकपा माओवादीको पनि भएकाले जनआन्दोलनका सहयात्री सबै दल संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी हुने विश्वास गर्नुभयो ।
जनताको चाहनाअनुसार संविधान जारी गरी देशको आर्थिक विकासमा लाग्नुपर्ने ठाउँमा पुनः द्वन्द्व सिर्जना गर्ने काम कसैले गर्न हुँदैन, जनताको भवनाविपरीत जाने काम गर्नुहुँदैन –नेपाली कांग्रेसका नेता आचाार्यले भन्नुभयो ।
लामो समयसम्म प्रयास गर्दा पनि सहमति हुन नसकी संविधानसभालाई अवरुद्ध गराउने काम भएपछि बाध्यात्मक परिस्थितिमा सभाध्यक्षले प्रश्नावली निर्माण समिति बनाएको जिकिर गर्दै उहाँले अझै पनि सहमतिमा जान सकिने भएकाले त्यसका लागि प्रधानमन्त्रीले पहल गरिरहनुभएको जानकारी दिनुभयो ।
आजै मन्त्री आचार्यले नेपाली काँग्रेस धादिङको कार्यालयमा आयोजित श्रद्धाञ्जलि सभामा सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया