संविधान सहमतिको दस्तावेज बनाउनुपर्छः राप्रपा नेता चन्द
इनेप्लिज
२०७१ माघ १५ गते १५:१८ मा प्रकाशित
विराटनगर, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आगामी संविधान सहमतिको दस्तावेज बनाउनुपर्ने बताउनुभएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता चन्दले वार्ता, सहमति एवम् प्रक्रियासँगसँगै लगी दिगो संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रमुख राजनीतिक दलबीच सहमति नभएका विषय थाती राखेर भएपनि वार्ता र सम्वाद थाल्न आग्रह गर्नुभयो ।
उहाँले अहिले राजनीतिक दलबीच देखिएको गतिरोध अन्त्य गरी वार्ता र सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।
नेता चन्दले सङ्घीयताको विषयमा संविधानसभाको समयावधिसम्म सहमति कायम गर्न सकिने धारणा व्यक्त गर्दै राजनीतिक दलबीच गतिरोध बढ्नु मुलुकको शान्ति एवम् विकासका लागि हितकर नहुने स्पष्ट पार्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया