संबिधान सभा र बिग बस : कुरो र कुलोलाई जता लगे पनि हुन्छ

इनेप्लिज २०७१ माघ १५ गते २:३८ मा प्रकाशित

bj 1

कुरो र कुलोलाई जता लगे पनि हुन्छ भन्छन l हाम्रा पुर्खाले ठिक्कै मिलाएछन l जता लगे पनि हुने हुनाले संबिधान सभालाई भारतीय दूरदर्शन (टेलिभिजन) को चर्चित कार्यक्रम बिग बस ८ संग लान चाहे l

यी दुई बिषय पूर्ण पृथक छन l संबिधान सभा नेपालको सर्बाधिक चर्चाको बिषय बनेको छ भने बिग बस ८ दक्षिण पुर्व एसिया र हिन्दि भाषा बोल्नेहरु बीच सर्बाधिक चर्चामा छ l

संबिधान सभा सभासदहरुको आलय हो भने बिग बस ८ कलाकारहरुको आलय हो l किन संबिधान सभा बिग बस संग तुलना गर्न चाहेको होला भन्ने कौतुलता पाठक वर्गमा हुन् सक्छ l मैले अगाडी नै निबेदन गरे कि कुरो र कुलोलाई जता लगे पनि हुन्छ भन्ने लागेर प्रसंग चलाएको छु l

प्रसंग यस अर्थमा चलाउन मन लाग्यो कि दुवैका पात्रहरुका क्रियाकलाप झन्डै उस्तै हो जस्तो मैले बुझे र निस्कर्ष निकाले l

यो पंक्तिकारले बिग बस हेर्ने मौका पहिलो पटक अमेरिकामा पायो l र ,बिग बस ८ ले धेरै कुरा सिकायो l बिग बस सुरु भएको सायद १ बर्ष पछि आफु अमेरिका आएकोले बिग बस १ देखि ७ सम्म कुनै पनि हेर्ने मौका मिलेन l त्यसको स्वाद नै भएन र हेर्न मन लाग्ने कुरा नै भएन ……त्यो पनि अमेरिकामा l

कलम चलाई रहने हुनाले बिग बस दिनहु साँझमा हेर्ने गरेकोले मन थाम्न सकिन र यस बाट केहि कोर्न मन लागि लेख्ने जमर्को गरेको छु l

संबिधान सभा राजनीति गर्ने थलो हो भने बिग बस कलाकारहरुको अस्थाई थलो हो l संबिधान सभामा राजनैतिक व्यक्तिहरुको लागि बनाईएको हुन्छ भने बिग बस कलाकारहरुको लागि दर्शकलाई मनोरंजन गर्ने उदेश्यले बनाईएको हुन्छ l सभासदहरु राजनैतिक प्राणी हुन् भने बिग बसका सहभागीहरु कला क्षेत्रका प्राणी हुन् l

दुवैको पेशा अलग छ तर संयोग मात्र हो या काकताली परेको ? यिनीहरुको हर्कत ,क्रियाकलाप ,ब्यबहार एक आपसमा निक्कै मेल खान्छ कि जस्तो लाग्यो l

संबिधान सभा र बिग बस ८ मा के के समानता छ त ?

सबिधान सभामा पुग्न निर्वाचनमा बिजयी हुनु पर्छ भने बिग बसमा पुग्न पनि कठोर प्रतिस्प्रधाबाट छनौटबाट बिगबस घरमा पुगिन्छ l संबिधान सभामा झगडा हुन्छ भने बिगबस ८ मा झन् कचिङ्गल र झगडा हुन्छ l संबिधान सभामा सभासद ४ बर्षको लागि निर्वाचित हुन्छन भने बिग बसमा करिब १५ हप्ताको लागि चयन हुन्छ l संबिधान सभामा ठुलो राजनीति हुन्छ भने बिग बसमा झन् राजनीति खेली आफु बिजयी बन्ने धुन हुन्छ l

संबिधान सभाका सभासदले भत्ता र मासिक तलब थाप्छन भने कलाकारले पनि भत्ता र पुरस्कार स्वरुप ठुलो रकम हात लगाउदछन l संबिधान सभामा एक राजनैतिक दलले अर्को दललाई थाङ्ग्नामा सुताउने खेल खेल्छन भने बिग बसमा झन् कलाकारहरु बिजयी हुन् एकैछिन् अर्का कलाकारलाई थाङ्ग्नामा सुताई दिन्छन l

सभासदहरु पेशाले नै राजनीति भएकोले राजनीतिको दाउपेजमा पण्डित हुन्छन भने कलाकारहरु पनि अझ कलाकार हुनाले जित्न राजनीतिमा खप्पिस हुन्छन l

सबिधान सभामा कुर्सि हानाहान हुन्छ भने बिगबस ८ मा पनि जुत्ता ,झापड र कुर्सि हानाहान हुन्छ l संबिधान सभामा खोर्सानीको धुलो बोकेर ल्याउदछन भने बिगबस ८ मा एक महिला कलाकारले पुरुष कलाकारलाई गालामा खोर्सानी लगाउदा रडाको मच्चिन पुगेको घटना कसैले बिर्सेका छैनन् l

सबिधान सभामा मर्यादामा रही गाली गलौच हुन्छ भने बिग बसमा अमर्यादित गाली हुन्छ l संबिधान सभाका सभासदले ईनाम पाउदैनन तर बिग बसमा बिजयी हुनेले ठुलो रकम ईनाम पाउदछन l संबिधान सभाका सभासद एक दल देखि अर्को दल संग घृणा गरे पनि फेरी सत्ता समिकरणको बिषयमा फेरी छेपारो जस्तै रंग फेर्छन भने बिग बसमा जति सुकै कुरा काटे ,झगडा र हात हाला हाल भए पनि तुरुन्तै मित्रता गरि हाल्छन l

संबिधान सभाका सभासद सभामुखको बिरोध गर्छन l र ,जताततै पुत्ला जलाउदछन भने बिग बसमा उसको हुकुम चल्ने भएकोले कलाकार थुरथुर हुन्छ l पुत्ला र बिरोध भए निस्काशित तुरुन्तै हुन्छन l संबिधान सभाका सभासदहरु संबिधान नबनोस भनि नाराबाजी गर्छन भने बिग बसमा पनि एक अर्कोको बिरोध स्वरुप नाराबाजी लगाउदछ्न l

संबिधान सभाका सभासदहरु बिरोध स्वरुप सडकमा उत्रन्छन भने बिग बसका कलाकार चार पर्खाल भित्र मात्र सिमित हुन्छन l संबिधान सभाका सभासदहरु कुर्सि उठाएर भाच्ने गर्छन भने बिग बस ८ मा कुर्सि तथा अन्य समान भाच्ने र लात्ताले हानेर उखपात गर्छन l संबिधान सभाका सभासदले उदण्ड गर्दा जनता रिसाउदछन भने बिग बसमा उदण्ड गर्दा प्रतिस्प्रदाबाट निकालिन्छन l

संबिधान सभामा संबिधान असफल गराउदा केहि राजनैतिक व्यक्ति र दल खुशी हुन्छन भने बिग बसमा अर्को चरणमा प्रतिस्प्रधी जान नसके अन्य कलाकार हर्षित हुन्छन l

संयोग बस ,संबिधान माघ ८ गते जारी गर्ने प्रतिबद्धता थियो भने हाल भारतीय चर्चित कार्यक्रम संयोगबस बिग बस ८ नै बन्न पुगेको छ l

कस्तो संयोग ? जनवरी को पहिलो हप्तामा सलमान खानले सकेर हिड्नु पर्ने कार्यक्रम लम्बिएर जनवरी ३१ तारिख समाप्त हुदैछ भने माघ ८ गते संबिधान जारी हुनु पर्ने भएन ? अब कहिले संबिधान बन्ने हो ?

राजनीतिमा कहिले पनि स्थाई शत्रु र मित्र हुदैनन् l बिग बसमा कलाकारहरुले पुरस्कार जित्न खेलको लागि गरिएको राजनीति हो या संबिधान घोषणा गर्न असफल बनाउन राजनैतिक दलहरुले गरेको वास्तविक राजनीति हो ?

जे होस् , कुरो र कुलोलाई जता लगे पनि हुन्छ भन्ने कुरा सहि रहेछ l

आगे उनीहरुले जानुन ………………………………..

प्रतिक्रिया