बालविवाह र बहुविवाह बढ्यो
इनेप्लिज
२०७१ माघ १४ गते १४:५१ मा प्रकाशित
ललितपुर, १४ माघ । राष्ट्रिय मानवअधिकार आयोगले विगत तीन महिनाको अवधिमा बालविवाह र बहुविवाह दुवै बढेको बताएको छ ।
नवनियुक्त पदाधिकारीको १०० दिन पूरा भएको अवसरमा आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विगतको तीन महिनामा बालविवाह सातबाट १७ पुगेको र बहुविवाह १४६ बाट ४२१ पुगेको आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी गाराउनुभयो ।
आयोगले मानवअधिकारसम्बन्धी अनुसन्धान कार्यलाई निरन्तरता दिएको भन्दै यस अवधिमा १३० उजुरीमाथि निर्णय गरी फछर्यौट भएको र अन्य बाँकी उजुरीको पनि वर्गीकरण भइरहेको जानकारी गराएको छ । त्यसैगरी सय दिनको अवधिमा १६१ मानव बेचविखन र ओसारपसारसम्बन्धी सङ्ख्या बढेर १५८ पुगेको बताएको छ ।
कारागारलाई सुधारगृहको रुपमा परिवर्तन गर्नुपर्ने मान्यताका साथ आयोगले यस अवधिभित्र क्षेत्रीय र जिल्ला गरी २९ कारागारको निरीक्षण गरिसकेको जानकारी गरायो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया