पिठुवामा घाँस खेतीको उद्घाटन
पिठुवा १३ माघ
गुराँसफुल बहुउद्धेश्यीय सहकारी संस्था लि. रत्ननगर–१४ पिठुवाको आयोजनामा घाँस खेती कार्यक्रम आज उद्घाटन गरिएको छ । संस्थाले स्थानीय कृषकहरुको दुग्ध व्यवसायमा प्रबद्र्धन गर्ने उद्धेश्यले गुञ्जमान प्लटमा ४ विगहा जग्गा ठेक्कामा लिएर घाँस खेती गरेको छ ।
कृषकलाई संस्थाले आजवाट ३ रुपैया किलोमा घाँस विक्री गरी आन्दानी गर्ने सोही घाँसवाट बीउ उत्पादन गरी विक्री गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला पशु सेवा कार्यालय र राष्ट्रिय चरण विकास कार्यक्रमको सहयोगमा
सहकारीले घाँसखेती सुरु गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला पशु सेवा कार्यालय भरतपुरका पशु विकास अधिकृत अर्जुन थपलियाले घाँस काटेर उद्घाटन गर्नुभएको कार्यक्रममा पशु विकास अधिकृत शालिकराम पौडेल,पशु सेवा उप केन्द्र खोलेसिमलका प्राविधिक हरिप्रसाद सुवेदी,संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतम,सह सचिव विद्या खनाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । ३ हजार घरधुरी रहेको पिठुवा क्षेत्रमा झण्डै ८० प्रतिशत किसानले पशुपालन गर्दै आईरहेका छन भने १० प्रतिशत किसानले व्यवसायीक पशुपालन गरिरहेको संस्थाका उपाध्यक्ष गौतमले
जानकारी दिनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन
भर्जिनियाको एक व्यायामशालामा पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउदा १९ वटा अभियोगमा पक्राउ
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय संक्रमित ,२१ करोड १५ लाखलाई कम्तिमा प्रथम खोप
प्रतिक्रिया