हरि लामीछानेको “साइन इन” विमोचन
इनेप्लिज
२०७१ माघ १२ गते १७:५९ मा प्रकाशित

न्यु योर्क, जनवरी २५,२०१५ आफ्नू दैनिक काममा व्यस्त भएर पनि युवा पुस्ताका गायक हरि लामिछानेले आफ्नू पहिलो साङ्गीतिक एल्बम “साइन इन” सरस्वती पूजाको अवसर पारेर न्यु योर्कको रिजवुडमा रहेको दुर्गा मन्दिरमा विमोचन गर्नु भएको छ । करिब दश वर्ष अघि देखि सङ्गीत सिक्दै र गुन्गुनाउदै साङ्गीतिक यात्रा सुरु गर्नु भएका गायक लामिछाने दुई वर्ष देखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएको छ । नेपाली समुदायमा हुने विविध साङ्गीतिक कार्यक्रमहरूमा उहाँ आफ्नू साङ्गीतिक कला प्रदर्शन गर्दछन।
राम तामांग, चर्चित ढुंगेल,छत्र लामा , सहदेव पौडेल र आफ्नै शब्दहरुमा गायक लामिछाने सङ्गीत भर्नु भएको गीतहरुलाई सुनिल बर्देवा, राजन इशान, विवश पौडेल र सन्नी गिलले एरेन्ज गर्नु भएको छ। एल्बममा प्रमोद निर्वाणले एउटा गीतमा सङ्गीत गर्नु भएको छ। “साइन इन”मा जम्मा ६ वोटा गीतहरू समावेश छन्। यो एल्बम एसियन म्युजिकले बजारमा लेराएको हो।सानो र आत्मीय कार्यक्रममा गुरु उद्दब शास्त्रीले मन्त्रो उचारण गर्दै उपस्थित अतिथिहरुको बिचमा विमोचन गीति एल्बम “साइन इन” को गरिएको थियो।
कार्यक्रममा नेपाली अमेरिकन कलाकार सङ्घका अध्यक्ष गम्बु सेर्पा, साहित्यकार शकुन्तला ज्ञवाली, रिजवुड नेपाली समाजका सहकुल खत्री,भुवनेश्वर अधिकारी र सुनिल बुढाथोकीले बधाई एबम शुभकामना दिनु भएको थियो।कार्यक्रमको अन्त्यमा गायक लामिछानेले आफ्नू नयाँ एल्बमका गीतहरू सुनाउनु भएको थियो भने कार्यक्रमको संयोजन सहदेव पौडेलले गर्नु भएको थियो।

अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया