आज दिन त्यस्तै रै’छ
इनेप्लिज
२०७१ माघ १२ गते ११:४५ मा प्रकाशित
आज दिन त्यस्तै रै’छ
आज दिन त्यस्तै रै’छ
बाहिर हिउँ पर्नु रै’छ
घाम पनि देख्न नपाउनु रै’छ
झोक्राएर बस्नु रै’छ
मनमा ताना आउनु रै’छ
बाहिर निस्कन नपाउनु रै’छ
इन्टरनेट पनि नचल्नु रै’छ
उकुस-मुकुस हुनु रै’छ
उनीसंग ठाक-ठुक पर्नु रै’छ
उनी ठुस्केको हेर्नु रै’छ
नबोलेर बस्नु रै’छ
आज दिन त्यस्तै रै’छ
कहिलेकाँही यस्ता दिन व्यहोर्नु पर्ने रै‘छ
जे भए पनि सहनै पर्ने रै’छ
भोलि राम्रो बनाउन लाग्नु पर्ने रै’छ
जिन्दगी यसरीनै अघि बढाउनु रै’छ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया