देश विकासका लागि संविधान: उपसभापति पौडेल
चापागाउँ (ललितपुर), ११ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशको विकास र स्थायित्वका लागि संविधान निर्माण छिट्टै गरिनुपर्ने बताउनुभएको छ ।
काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागद्वारा आज काँग्रेस पार्टी कार्यालयमा ७५ वटै जिल्लाका कार्यालय सचिवलाई दिइएको क्षमता अभिवृद्वि प्रशिक्षण कार्यक्रमको दोस्रो सत्रमा उपसभापति पौडेलले उक्त कुरा बताउनु भएको हो ।
उहाँले संविधान निर्माण कार्यमा आएको अवरोधको सामना गर्न काँग्रेस सक्षम रहेको चर्चा गर्दै देशको गतिशीलताका लागि संविधान निर्माणको काम द्रूत गतिमा अगाडि बढ्नेमा विश्वास दिलाउनु भयो ।
पहिलो पटक काँग्रेसले कार्यालय सचिवहरुलाई दिन लागेको कार्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धी प्रशिक्षणले पार्टीको जिल्ला तह सञ्चालन मजबुत हुने आफूले विश्वास लिएको उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
सो अवसरमा पार्टी महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रशिक्षणबाट सवै कार्यालय सचिवले आ–आफ्नो जिल्लामा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सक्ने धारणा राख्नु भयो ।
केन्द्रीय नीति तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक मधु आचार्य, रजनी थापा, उत्तर चापागाईं, सुधीर अर्याल लगायतले प्रशिक्षण दिनु भएको थियो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया