डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने
माघ ११ ,डिसी
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा सोनाम ल्होछार भब्य रुपले सम्पन्न भएको छ l घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम प्रस्तुत गर्न सफल भएको छ l
उक्त २८ सय ५१ औं सोनाम ल्होछार कार्यक्रममा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनका सभापति आनन्दु लामाले डिसी क्षेत्रमा गुम्बा बनाउने योजना रहेको खुलासा गर्दै समुदायलाई सहयोग र समर्थन गर्न आग्रह गरे l
सभापति लामाले धेरै बिदेशी पाहुनाहरु ल्याउन मदत गर्ने भर्जिनिया लाउडन काउन्टी डेमोक्राटिक डलस जिल्लाका सभापति हरि शर्मालाई बिशेष धन्यवाद दिएका थिए l हरि शर्माले सभासद र सिनेटरहरुले नेपाली समुदायलाई देखाएको अभिरुचि तथा संदेश प्रति धन्यबाद दिए l
र ,उक्त ल्हुक ल्होछार भेडा बर्षमा आमन्त्रित अमेरिकन अतिथिहरुले तामांग समुदायको संस्कृति ,परम्परा तथा भेष भुषाको प्रसंसा मुक्त कण्ठले गरेका थिए l
डिसी महानगर क्षेत्रको मनासस शहरमा आयोजना भएको उक्त सोनाम ल्होछारमा अमेरिकन सभासदमा भर्जिनिया क्षेत्र १० बाट बिजयी भएकी बारबरा कमस्टकले जनवरी २६ तारिखमा आफ्नो कार्यलयको समुद्घाटन सोमबार हुने भएकोले नेपाली समुदायलाई आमन्त्रित गर्दै पूर्व सभासदले गरेको कामको प्रसंसा गर्दै त्यसलाई निरन्तरता दिने बचन बद्धता दिएकी थिइन् l
यसै गरि सिनेटर वार्नरकि प्रतिनिधि ,भर्जिनियालाउडन काउन्टी डेमोक्राटिक डलस जिल्लाका सभापति हरि शर्मा ,लाउडन काउन्टी डेमोक्राटिकका ईभान म्याक्बेथ ,वाशिंगटन बिश्व बिद्यालय भर्जिनियाका अध्क्षय डा पिटर एम च्यांग ,नेपाली दुताबासका कार्यबाहक राजदुत ऋषि राम घिमिरे तथा अन्य अतिथिहरुले शुभकामना दिएका थिए l
उक्त कार्यक्रममा समाजलाई सहयोग गर्नु हुने समुदायका बिभिन्न व्यक्तिहरुलाई प्रमाणपत्र बितरण गरिनुको साथै विभिन्न कलाकारहरुलाई सम्मान गरिएको थियो l कार्यक्रमको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा १९७४ ए डि का फिरोज स्याङ्ग्देन तथा उनका सहयोगीले माहौल तताएका थिए l
कार्यक्रममा अतिथिहरुलाई स-साना नानीहरुले खादा लगाई दिएका थिए भने नेपाली तथा अंग्रेजी राष्ट्रिय गीत मिरा राणा तथा प्रकृति देउजाले गाएकी थिइन् l
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया