लर्डबुद्धमा आगलागी
इनेप्लिज
२०७१ माघ १० गते ९:०२ मा प्रकाशित
विराटनगर, १० माघ । विराटनगर–१३ निलसदनस्थित आशिष अज्र्येलको घरमा सञ्चालित लर्डबुद्ध उच्च एकेडेमीको स्टोर कोठामा आज बिहान आगलागी हुँदा रु तीन लाखबराबरका सामान जलेर नष्ट भएका छन् ।
सो आगलागीमा किताब, पुस्तकालयका सामान, पङ्खा पाँचवटा, कम्प्युटर तीनवटा र फर्निचरलगायतका सामान जल्दा सोबराबरको क्षति भएको एकेडेमीका अध्यक्ष ज्ञानबहादुर खड्काले बताउनुभयो ।
उक्त आगलागी विराटनगर उपमहानगरपालिकाका दुईवटा दमकल, नगर प्रहरी र स्थानीयको सहयोगमा करिब एक घन्टामा नियन्त्रण गरिएको थियो ।
विद्युत् सर्किटमा गडबढीका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया