प्रधानमन्त्रीसँग बेल्जियमका पूर्व प्रधानमन्त्री येभ्स् लेतरमेको भेट
काठमाडौँ, १० माघ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएका बेल्जियमका पूर्व प्रधानमन्त्री येभ्स् लेतरमेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा नेपाल र बेल्जियम सम्बन्ध, नेपालको आर्थिक र सामाजिक विकासमा बेल्जियमले गर्दै आएको सहयोग, सङ्घीय शासनमा बेल्जियमको अनुभव, नेपालको लोकतान्त्रिक यात्रा तथा नेपालको संविधान निर्माणको प्रक्रियाका बारेमा कुराकानी भएको थियो ।
वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालले ऐतिहासिक र युगान्तकारी परिवर्तनमार्फत हासिल गरेका सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको लोकतन्त्रजस्ता उपलब्धिहरु अत्यन्त महत्वपूर्ण भएका बताउनुभयो । उहाँले यसलाई संस्थागत गर्ने प्रक्रियामा केही असहज परिस्थिति उत्पन्न भए पनि छिट्टै नै यी उपलब्धिहरुलाई संस्थागत हुने गरी संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
वार्तामा पूर्व प्रधानमन्त्री येभ्स्ले संविधान जारी भएपछि पनि सङ्घीयताका धेरै विषयहरुको व्यवस्थापन गर्न सबै राजनीतिक शक्तिहरुले संयमतापूर्वक काम गर्न आवश्यक हुने आफ्नो मुलुकको अनुभव सुनाउनुभएको थियो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया