एक महिनामा संविधान आउँछः मन्त्री बस्नेत
इनेप्लिज
२०७१ माघ ९ गते ९:५५ मा प्रकाशित
भक्तपुर, ९ माघ । उद्योग मन्त्री महेश बस्नेतले एनेकपा माओवादी र मधेसवादी दलको अवरोधका कारण माघ ८ मै संविधान जारी गर्न नसके पनि निराश नहुन आमनागरिकलाई अपिल गर्नुभएको छ ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरको पाँचाँै जिल्ला अधिवेशन एवम् १२औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले एक महिना ढिलै भए पनि संविधान आउने भएकाले जनतालाई निराश नहुन अपिल गर्नुभएको हो ।
दुईचार दिन अवरोध पु¥याउँदैमा संविधान ल्याउन कसैले रोक्न नसक्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “एक महिना ढिलै भए पनि संविधान आउँछ ।”
महासङ्घ भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नगद रु १० हजारसहितको उत्कृष्ट गैसस पुरस्कार रुपान्तरण नेपाललाई प्रदान गरिएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया