शिघ्र संबिधान जारी गरियोस -प्रवासी नेपाली मंच, अमेरीका

इनेप्लिज २०७१ माघ ८ गते २३:०० मा प्रकाशित

मितिः  माघ ०८, २०७१

सम्मानीय सभामुखज्यू

संबिधान सभा

बानेश्वर – काठमान्डौ

नेपाल !

 

मार्फतः महामहिम का.वा.राजदूत ज्यु

नेपाली राजदुताबास, वाशिंगटन डिसी, अमेरिका I

 

बिषय:   शिघ्र संबिधान जारी गरियोस र संबिधान सभा भित्रको जघन्य हमलाको छानबिन गरि कार्यबाही गरियोस भन्ने बारे !

 सम्माननीय सभामुखज्यू,

माघ ५, २०७१ का दिन नेपालको सबिधान सभाको बैठक बसी रहको बेला आम नेपालीहरुले ब्यग्र प्रतिक्षा गरि रहेको संघीय लोकतान्त्रिक संबिधान निर्माणको ऐतिहांसिक क्षणमा नेकपा (एमाओबादी) र यसको नेतृत्वमा रहेको मोर्चाले देखाएको हर्कतले हामि सम्पूर्ण देश-प्रदेशमा रहने नेपालीको शिर निहुराएको छ । लोकतन्त्र र मानब सभ्यताको खिल्ली मात्र उडाएको छैन कुनै हालतमा संबिधान निर्माण हुन नदिने कुसित्त मनसाय जनता सामु छलङ्गै भएको छ । आफुले जन्माएको संबिधान सभा को भ्रम छर्ने एमाओबादीको असलीरुप सबैको सामु नाङ्गिएको छ । संबिधान जारी गर्ने उच्चतम बिधी ‘सहमती’ को लागी पाचौं बर्ष खर्चि सकेको र अझै पनि सहमतिको ढोका खुल्ला राख्दै  संबिधान निर्माण प्रक्रियाको सुरुवात गर्न लाग्दा एमाओबादी र सबद्ध मोर्चाले देखाएको यस प्रकारको जंगली र अमानविय कार्य एवं सम्माननीय सभामुखज्यू,  एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विद्या भण्डारी माथी गरिएको सांघातिक हमलाको हामी प्रबासमा क्रियाशिल निम्न प्रवासी नेपाली मंच घोर भर्त्सना र निन्दा गर्दछ । यस कार्यमा संलग्न उपर छानबिन गरि दोषी माथी हदै सम्मको कार्बाही र यस्ता घटना आगामी दिनमा हुन नदिन अपनाउनु पर्ने सुरक्षा लगायतका अन्य उपायहरु अबलम्बन गरियोस भनी माग समेत गर्दछौ । नेपालको शाख र प्रतिष्ठा दुनियाको आगाडि गिराउने यस प्रकारको जंगली हर्कत नगर्न एमाओबादी तथा यससंग आबद्ध मोर्चालाई  खबरदारी र चुनौती समेत दिन चाहान्छौ की – सभ्य र शालिनता लाई कमजोरी नठानियोस । जिम्मेवार दल र जिम्मेवार नेताको हैषियले संबिधान निर्माणलाई केन्द्र बिन्दुमा राखिएकोले यस घृणित कार्यलाई यस पटक सह्यौ । पहिचानको नाममा सामजिक द्वेष र जातियताको नाममा सामाजिक सद्भाव भत्काउने काम कसरी सह्य हुन सक्छ ? जनताबाट अस्वीकृत भैसके पछि जनमतको अपमान गर्ने अधिकार कसैलाई छैन !

यही माग ८, २०७१ मा संबिधान जारी गरी संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई राजनैतिक स्थायित्व, दिगो शान्ती र सम्बृद्दीका साथ अघी बढाउने अभिलाषाको साथ जिम्मेवार पार्टीहरु कृयाशिल भै रहेको यस अबवस्थामा कथित आन्दोलनको नाममा जनचाहना बिपरित मोर्चाबन्दी गरिरहेका दलहरुको असंगत र त्रुटिपूर्ण हठका कारण यस ऐतिहांसिक अवसरबाट हामी पुनः एक पटक चुकेका छौ । सहमतिको लागी अधिकतम लचिलो हुंदा हुंदै पनि नेकपा एमाले र यसको नेतृत्व प्रति समेत अनावश्यक अफबाह फैलाई आफ्ना कमि कमजोरीलाई ढाक्ने प्रयास गर्नु किमार्थ सैह्य हुन सक्दैन ।  संभव भए सम्म अझै पनि जिम्मेवार दलको हैषियतले सहमतिको लागी अधिकतम लचकता अपनाउने पहल गर्न, त्यसो हुन नसके धेरै भन्दा धेरे दल पक्ष र सभासदहरुलाई बिश्वासमा लिएर संबिधान जारी गर्न एमालेले नेतृत्वदारी भूमिका निर्बाह गर्नु आजको आवश्यकता हो ! संबिधान निर्माणको संसार भरी प्रचलित प्रकृया र बिधीलाई पनि नमान्नु कुन लोकतान्त्रिक संस्कार हुन सक्छ?

संघियताको नाममा जे जसरी जातिय संङकिर्णता, सामाजिक द्वेष र घृणाको बिजारोपण गर्ने जुन दुष्प्रयास भैरहेको छ यस प्रति नेकपा एमाले र यसको नेतृत्वले लिएको चट्टानी अडान प्रति हामी सम्पूर्ण प्रवासी नेपाली मंच ऐकेबद्धता जाहेर गर्दै सहमति हुन नसके प्रकृयामा तत्कालै लगेर भए पनि शिघ्र संबिधान जारी गरियोस भनी जोडदार माग समेत गर्दछौ !

अन्तमा, बिगतमा नेपालमा जब जब जनताका अधिकार कुण्ठीत भए तब तब यी मंचहरु लोकतान्त्रीक गठबन्धन मार्फत तथा ए-एक्लैले समेत आन्दोलन गरेको गर्भित ईतिहांस रहेको र यस्तो आन्दोलन गर्नु पर्ने अवस्था पुनःनआवोस भन्ने आकांक्षा रहेको सन्देश संबिधान सभाका सबै पार्टीहरुमा सम्माननिय सभामुखज्यू मार्फत पुगोस भन्ने समेत अनुरोध गर्न चाहान्छौ !

हार्दिक धन्यबाद सहित,

१.      संजय थापा – अध्यक्ष प्रवासी नेपाली मंच, अमेरीका

२.      रामशरण सिमखडा – अध्यक्ष प्रवासी नेपाली, मंच यूके

३.         डा बिनोद श्रेष्ठ – अध्यक्ष प्रवासी नेपाली मंच, अष्ट्रेलिया

४.         प्रकाश कोईराला – अध्यक्ष प्रवासी नेपाली मंच, यूएई

५.         रामहरी गैरे – अध्यक्ष प्रवासी नेपाली मंच, कतार

६.         दिनेश गुरुङ – अध्यक्ष प्रवासी नेपाली मंच, स्पेन

७.         अर्जुन गुरुङ – अध्यक्ष प्रवासी नेपाली मंच, बेल्जियम

८.         संजय मुडभरी – अध्यक्ष प्रवासी नेपाली मंच, स्वीजरल्याण्ड

९.         रण बहादुर बि क – अध्यक्ष प्रवासी नेपाली मंच, जर्मनी

१०.       रामेश्वर गौतम – अध्यक्ष प्रवासी नेपाली मंच, रसिया

११.   दुर्गा गिरी – अध्यक्ष प्रवासी नेपाली मंच, बहराईन

१२.       गंगा कार्की – अध्यक्ष प्रवासी नेपाली मंच, ओमान

१३.       राजेन्द्र प्रकाश भण्डारी – अध्यक्ष, प्रवासी नेपाली मंच, मलेसिया

१४.       डम्बर रावल – सचिबालय सदस्य, अखिल नेपाल प्रवासी संघ, भारत

१५.       सुभाष अधिकारी – अध्यक्ष, प्रवासी नेपाली मंच, पोर्चुगल

१६.       कृष्ण प्रसाद पौडेल – अध्यक्ष प्रवासी नेपाली मंच, डेनमार्क

१७.       ज्ञानु लामिछाने – अध्यक्ष, प्रवासी नेपाली मंच, ईटली

१८.       बुद्धिराम बन्जाडे – अध्यक्ष, प्रवासी नेपाली मंच, नर्वे

१९.       गोबिन्द गाउंले – अध्यक्ष, प्रवासी नेपाली मंच, दक्षिण कोरिया

२०.       टीकाराम सापकोटा – अध्यक्ष, प्रवासी नेपाली मंच, नेदरल्याण्ड

२१.    कृष्ण खड्का – अध्यक्ष, प्रबासी नेपाली मंच, जापान

बोधार्थः

१. नेकपा (एमाले) केन्द्रीय कार्यालय, बल्खु काठमान्डौ

२. नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा ललितपुर

३. नेकपा (एमाओबादी) केन्द्रीय कार्यालय, बुद्धनगर काठमान्डौ

४. मधेशी मोर्चा – काठमान्डौ !

प्रतिक्रिया