बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १२:४०
वासिङटन डिसी 02:55

सहमतिका लागि वार्तामा बस्न तयार छौँः अर्थमन्त्री महत

इनेप्लिज २०७१ माघ ८ गते ९:२० मा प्रकाशित

Ram-saran-Mahat_काठमाडौँ, ८ माघ । अर्थमन्त्री डा रामशरण महतले संविधान लेखनका विषयमा सहमति खोज्न वार्तामा बस्न आफूहरु तयार रहेको बताउनुभएको छ ।

संविभानसभाको बैठक अवरुद्ध भएपछि केही समय बाहिर निस्कनुभएका अर्थमन्त्री महतले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा आफूहरुले लचकता देखाएको भए पनि एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाका कारण संविधान आउन नसकेको बताउनुभएको छ ।

राजनीतिक दलले गरेको सहमतिअनुसार आज संविधान दिन नसक्नु दुभाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – सहमतिका लागि प्रयत्न गर्ने र्छौं । त्यसका लागि ढोका खुला राख्छौं  ।

सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्न अफूहरु तयार भए पनि विपक्षीले त्यसो गर्न नदिएको अर्थमन्त्री डा महतको भनाइ थियो । यसैबीच एनेकपा ९माओवादी०का सभासद् श्याम श्रेष्ठले दलहरु मिल्नुको विकल्प नरहेको उल्लेख गर्दै संविधान लेखनमा अल्पमत र बहुमत भन्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया