चन्द्रगढीमा झडप, दर्जनौं घाईते
इनेप्लिज
२०७१ माघ ८ गते ९:०४ मा प्रकाशित
चन्द्रगढी , ८ माघ । झापाको सदरमुकाम चन्द्रगढीमा जिल्ला प्रशासन कार्यलय घेराउ गर्नका लागि पुगेका आन्दोलनरत एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
झडपमा एमाओवादीका जिल्ला अध्यक्ष धर्मशीला चापागाइ, सदस्य गगन पुरी, राम लुइटेल , संघीय समाजवादीका जिल्ला अध्यक्ष धिरेन लावती, गंगा रायमाझी, लिम्बूवान पार्टी नेपालका संघर्ष समिति संयोजक सञ्जुहाङ पालुङवा लगायत डेढ दर्जन नेता कार्यकर्ता घाइते भएका हुन् ।
उनीहरुको उपचारका लागि अस्पताल भर्ना गर्ने क्रम चलिरहेको मोर्चामा सहभागि संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष दिपेनवाला राईले जानकारी दिए । उनले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसारनै तय भएको आन्दोेलनमा प्रहरी दमन भएको आरोप लगाए ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया