अमेरीका जानका लागि दिइने भिषा र पस्न र बस्न दिईने अनुमति भनेका फरक कुरा हुन।

इनेप्लिज २०७१ माघ ८ गते ०:२७ मा प्रकाशित

 

AIbEiAIAAABDCM2vxJeMrPvJaCILdmNhcmRfcGhvdG8qKDZhYTk4MDVjY2ZjZjlhNWIyYTY4OWYzYTAzZTYyMDc0ZjU1YjlkZGEwAaVrjnN1mK9F8FHfPHnKrqAIIJV1

 

मैले भरखरै दुईजना नेपाली कलाक्षेत्रका हस्तीहरुका अमेरीकाको गैरआवासीय भिषा (Non-immigrant visa)  को बारेमा आएका जिज्ञासाहरु सुन्ने मौका पाए। ऊहाहरुले अमेरीकाको ५ बर्षको पल्टीपल गैरआवासीय भिषा पाऊनु भएको रहेछ। एकजना पासपोर्टमा लागेको ५ बर्षको गैर आवासीय भिषाको म्याद सकिने २ महिना अगाडीमात्र अमेरीका आऊनु भएकोमा पोर्टअफ ईन्ट्र्ीमा U.S. Customs and Border Protection (CBP)   ले ६ महिनाको लागि अमेरीकामा बस्ने अनुमति दिएको थियो। यसरी भिषा पाऊनु हुने व्यक्तिलाई पासपोर्टमा तोकिएको भिषाको म्याद भन्दा बढी समयसम्म अमेरीकामा बस्ने अनुमति दिएकोमा कुन मितिसम्म अमेरीकामा बस्न पाऊने भन्ने चिन्ता थियो। त्यस्तै पल्टीपल भिषामा अमेरीका धेरै पटक आएर पुन नेपाल फर्किनु भएका कलाकारको पासपोर्टमा लागेको गैर आवासीय भिषाको म्याद १५ दिन भित्र सकिने हुदा यहि भिषाको आधारमा अमेरीका आऊदा प्रवेशै नदिई पोर्टअफ ईन्ट्र्ीबाट फर्काईदिने हो कि? भन्ने चिन्ता थियो।

मैले अमेरीकामा आऊनु भएका मित्रलाई अमेरीकामा सिबिपीका अधिकृतले पोर्टअफ ईन्ट्र्ीबाट अमेरीका पस्न र बस्न दिएको अनुमतिको आधारमा तपाईले ६ महिनासम्म बस्न पाऊनु हुन्छ भने किनकि पासपोर्टमा लागेको भिषा भनेको अमेरीकी कन्सुलर अफिसर ले तपाई अमेरीकामा पासपोर्टमा लागेको मिति भित्र अमेरीकीमा प्रवेशआज्ञाका लागि अनुरोध गर्न योग्य हुनुहुन्छ भनि दिएको अनुमतिपत्र मात्र हो। त्यो तपाईलाई अमेरीकामा बस्न पाऊने गरी अनुमति दिएको प्रमाण होईन। तथापि उहाको संका सकिएको जस्तो लागेन किनकि उहालाई साथीभाईले पासपोर्टमा लागेको भिषाको म्याद भन्दा आइ ९४ मा सिबिपीका अधिकृतले अमेरीकी पोर्टअफ ईन्ट्र्ीमा ६ महिनासम्म बस्न पाऊने गरी दिएको भिषा मmुक्कीएर दिएको होला। नत्र यस्तो हुनै नपर्ने भनि दिएको जानकारीको अमmै असर बाकी थियो।

आऊन लाग्नु भएका अर्का कलाकार मित्रले नेपालबाट फोन गरेर सोध्नु भो अमेरीकाको मल्टीमल भिषाको म्याद १५ दिन भन्दा कम छ। सबैजनाले नया भिषा लिएर जानु पर्छ होईन भने एरपोर्ट अर्थात पोर्ट अफ ईन्ट्र्ीबाटै फर्काईदिन्छ भन्छन। के गरौ? मैले उहालाई भने तपाईको पासपोर्टमा लागेको भिषाको म्यादभित्र तपाई अमेरीकामा प्रवेशज्ञाको अनुमती माग्न पोर्ट अफ ईन्ट्र्ीसम्म आऊन सक्नुहुन्छ। तपाई अमेरीकामा प्रवेश गर्न योग्य हुनुहुन्छ कि हुदैन? भनि अमेरीकी अद्यागमन सिबिपीका अधिकृतले निरिक्षण गर्दा तपाई अमेरीका प्रवेश गर्नका लागि योग्य हुनुहुन्छ भन्ने लागेमा बि१ र बि २ भिषा सामान्यतया बढीमा ६ महिनासम्म अमेरीकामा बस्न पाऊने अनुमति दिन्छन, जुन आई ९४ नामक कागजमा उल्लेख गरिएको हुन्छ। अत आऊनु भएमा भिषाको म्याद थोरै भएको कारणले मात्र तपाईलाई अमेरीकाको पोर्टअफ ईन्ट्र्ीबाट फर्काऊन सक्ने सम्भावना रहदैन। मेरो जवाफ सुनेपछि पनि उहाले मलाई अर्कोदिन फेरी पनि फोन गरेर सोध्नु भो? होईन फेरी कन्र्फम गरौ भनेर फोन गरेको। मान्छेहरुले अमmै पनि डर देखाऊदैछन।

अमेरीकी अद्यागमन कानुन अनुसार भिषा वेभर गरिएका देश बाहेकका विदेशी नागरिकलाई अमेरीका प्रवेशका लागि बि१ वा बि २ का सिंगल ईन्ट्र्ी र मल्टीमल ईन्ट्र्ीका भिषा सम्वन्धित देशमा रहेको अमेरीकी कन्सुलर अफिसले दिने गर्दछ। यदि त्यस्तो विदेशी नागरिक अमेरीका गएर पुन आफनो देशमा फर्की आऊछ भन्ने विश्वास लागेमा र अमेरीकामा बस्ने अनुमति पाएमा व्यक्ति अलपत्रमा पर्दैन अर्थात अमेरीकी सरकारले निजको खर्च व्यहोर्नु पर्दैन भन्ने देखिएमा। विदेशी नागरिकले अमेरीकाको भिषा पाऊनका लागि दरो आर्थिक स्थिती भएको अमेरीकी नागरिक वा ग्रिनकार्डहोल्डरmले स्पोन्सर गरेको हुनुपर्छ भन्ने धारणा गलत हो। विदेशी नागरिकले अमेरीका आऊने भिषा पाऊनु भनेको निज भिषाको म्याद सकिनु भन्दा अगाडी अमेरीकामा प्रवेशाज्ञाका लागि हवाईजहाज, पानीजहाज, वा अन्य सवारीका साधानमा चडेर अमेरीकाका लागि प्रस्थान गर्न सक्छ भन्ने हो,। यदि भिषा छैन भने सवारी साधनहरुले त्यस्ता विदेशीलाई अमेरीका ल्याऊदैनन।

अमेरीकामा पस्न र बस्न दिने अनुमति सिबिपीका अधिकारीले दिएभने त्यस्ता विदेशी आई ९४ मा उल्लेख गरेको समयावधिसम्ममात्र अमेरीकामा बस्न सक्दछन। आजकल हवाईमार्गबाट आऊने विदेशी नागरिकलाई पोर्ट अफ ईन्ट्र्ीमा सिबिपीका अधिकारीले आई ९४ नदिई केवल पासपोर्टमा अमेरीकामा पस्ने र बस्ने प्रवेशाज्ञा पाएको छाप र मिति उल्लेख गर्दछन। यदि व्यक्तिलाई आई ९४ को प्रमाण चाहिए त्यही समयमा अधिकृतसंग अनुरोध गर्नु पर्दछ। र पाईसकेपछि त्यस्मा आफनो नाम, जन्ममिति, र बस्ने अनुमति सही छ कि छैन भनि हेर्नु उचित हुन्छ। कुनै गल्ती भएमा त्यसैबेला सच्याऊन अनुरोध गर्नुपर्दछ। पछि गल्ती देखिएमा सच्याऊन मmमेला हुन्छ। यदि आई ९४ को प्रमाण लिन छुटेको भए सिबिपीको वेबसाईटमा आफनो नाम, देश, पासपोर्ट नम्बर, र प्रवेश गरेको मिति राखेमा वेबसाईट www.cbp.gov/I94   बाट पनि आई ९४ प्रिण्ट गरेर लिन सकिन्छ। विदेशी नागरिकले अमेरीकामा बस्न पाऊने समय भनेको आई ९४ मा लेखिएको समय हो पासपोर्टमा लागेको भिषाको म्याद होईन। विदेशी व्यक्तिको मल्टीपल भिषा छ तर निज तोकिएको समय भन्दा १ दिन पनि बढि अमेरीकामा बसेमा त्यस्ता व्यक्तिको मल्टीपल भिषा स्वत बदर हुन्छ। यदि व्यक्ति भिषाको म्याद नथपी वा थप्ने कार्वाही नचलाई १८० दिनदेखि १ बर्षसम्म अनधिकृत रुपबाट बसेमा ३ बर्षसम्म र १ बर्षभन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसेमा १० बर्षसम्म अमेरीमा आऊनका लागि अयोग्य ठहरिन्छ।
९ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। ०

प्रतिक्रिया