साझा पहिचान झल्कने संविधान बन्नुपर्छः पूर्व अध्यक्ष रेग्मी

इनेप्लिज २०७१ माघ ७ गते १५:०९ मा प्रकाशित

dGqLkl/ifbsf k"j{ cWoIf lvn/fh /]UdL eQmk'/sf] dxfd~h'>L gu/sf]6 gu/kflnsf j8f & l:yt ;/:jtL dlGb/df cfhb]lv ;'? ePsf] >Ldbb]jL efujt gjfx 1fg dxfo1sf] pb3f6g ub}{ . dxfo1df %) nfv ;ªsng ul/ dlGb/sf] k"jf{wf/ lgdf{0f ug]{ of]hgf /x]sf] 5 . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;भक्तपुर, ७ माघ । मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अब बन्ने संविधानमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा पहिचान झल्कनु पर्ने बताउनुभएको छ ।

भक्तपुरको महामञ्जुश्री˗नगरकोट नगरपालिका वडा ७ स्थित सरस्वती मन्दिरमा आजबाट सुरु भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको शुभारम्भ गर्दै उहाँले धार्मिक सहिष्णुता हुने संविधान बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताबाट निर्वाचित भएर संविधान निर्माण गर्न संविधानसभामा गएका सभासद्हरु संविधान बनाउन छोडेर विवाद र आन्दोलनमा उत्रिएकोमा दुःख व्यक्त गर्दै नेता र सभासद्लाई संविधान जारी गर्ने सद्बुद्धि सरस्वतीले प्रदान गरुन् भन्ने कामना गर्नुभयो ।

निर्धारित मितिमा संविधान नबन्ने भए पनि संविधान निर्माणमा सबैको भावना भने समेटिनुपर्ने आवश्यकता औँल्याउँदै रेग्मीले यस्ता ज्ञान महायज्ञले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक सद्भाव कायम राख्न धार्मिक कार्यक्रमले स्थानीयमा नयाँ जागरण पैदा गर्ने विचार व्यक्त गर्दै पूर्व अध्यक्ष रेग्मीले अहिले लगाइएको नवाहले यहाँ ऊर्जा थपिने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार कल्याणपुरी बाबा, समाजसेवी कृष्णलाल भडेल, विशेष अदालतका रजिष्टार नातीबाबु लामिछाने, संरक्षक भरतमणी जङ्गम, समितिका सदस्य राधाकृष्ण लामिछानेलगायतले महायज्ञबाट सङ्कलित रकमले भौतिक निर्माण र सामाजिक विकासमा टेवा पुग्नेमा बताउनु भयो ।

सङ्कलित रकमले मन्दिरको गुरुयोजना अनुसार सरस्वती मन्दिरको निर्माण तथा भौतिक संरचना थप गर्न रु ५० लाख सङ्कलन गर्ने लक्ष्य लिइएको आयोजक समितिका सचिव तथा प्रचार संयोजक दामोदर दङ्गालले बताउनुभयो । सो नवाह माघ १७ गतेसम्म सञ्चालन हुने महायज्ञका पण्डित भुवन घिमिरेले जानकारी दिनु भयो ।

यसअघि बनारसबाट निर्माण गरी ल्याइएको ३५० किलो तौल भएको तीन फुट अग्लो सरस्वती प्रतिमूर्तिसहित आजै भक्तपुरको तौमढीबाट सांस्कृतिक झाँकीसहित कलश यात्रा गरी १० किलोमिटर पर मन्दिर पु¥याइएको थियो ।

प्रतिक्रिया