बालबालिकालाई विष खुवाएको आरोप लागेका व्यक्ति थुनामा
गजुरी (धादिङ), ७ माघ । बालबालिकालाई विष खुवाएको आरोप लागेका धादिङ कटुञ्जे गाविसका नरबहादुर गुरुङलाई मङ्गलबार जिल्ला अदालत धादिङले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
गत पुस ७ गते तीन बालबालिकालाई विष खुवाएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरेका थिए ।
विष खाएका कटुञ्जे–७ का चार वर्षीया बालिका एलिना विक र पाँच वर्षीय रन्जिता विकको मृत्यु भएको थियो ।
एलिना र रन्जितासँगै विष खाएकी अर्की ६ वर्षीया एलिना विक घाइते भएकी थिइन् । घाइते बालिका एलिनाले जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफूलाई अभियुक्त नरबहादुरले विष खुवाएको आरोप लगाएका छन् ।
घाइते एलिनाले दिएको बयानकै आधारमा मङ्गलबार जिल्ला अदालतमा पेस गरेकामा सोही दिनमै जिल्ला अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।
सो मुद्दामा प्रहरीले सत्य कुरा थाहा पाउने आधुनिक मेसिन पोलिग्राफ प्रयोग गरेको जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
जिल्ला अदालतमा दायर भएका मुद्दामा पोलिग्राफ प्रयोग गरिएको यो पहिलो पटक हो ।
त्यसैगरी गत वैशाखमा धादिङबेँसी शान्तबजारका काजी शाक्यमाथि भएको आक्रमणमा ज्यान मार्ने उद्योगसन्बन्धी मुद्दा परेका कमल गुरुङ र अमृत अधिकारीलाई पनि जिल्ला अदालत धादिङले मङ्गलबारै पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया