माओवादी संविधानसभाको हत्या गर्न उद्धतः वरिष्ठ नेता खनाल
काठमाडौँ, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एनेकपा माओवादी संविधानसभाको हत्या गर्नेतर्फ उद्धत रहेको बताउनुभएको छ ।
संविधानसभाको बैठकमा एनेकपा माओवादीले नारा लगाइरहेको अवस्थामा संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “संविधान ल्याउन पाएनौँ भने संविधानसभाको हत्या गरेको भएन र ?”
“संविधान ल्याउन दुई तिहाई बहुमत दृढताका साथ बैठकमा बसिरहेको छ, यो दुई तिहाईको बहुमतले संविधान ल्याएरै छोड्छ”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी संयमित छौँ, संविधान ल्याउने उपाय हामी निकाल्छौँ, माओवादीको यस्तो चरित्रले देशमा संविधान बन्दैन, देशमा लोकतन्त्र पनि फस्टाउन सक्दैन ।” खनालले थप्नुभयो “हामी लोकतन्त्रलाई सुदृढ गर्न स्थिति धैर्यपूर्वक हेर्दैछौँ ।”
हामी संविधान निर्माण प्रक्रियालाई अघि बढाउँछौँ, संविधान निर्माणका विकल्पहरु आवश्यकतानुसार निकाल्दै जान्छौँ, माघ ८ नभए ९ वा १० गतेको सेरोफेरोमा संविधान आउन सक्छ, नेता खनालले भन्नुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया