दलहरु आन्तरिक छलफलमा
काठमाडौँ, ६ माघ । संविधानसभा भवनको बैठक कक्षमा गएराति भएको तोडफोडपछि आज बस्ने भनिएको संविधानसभाको बैठकका लागि दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा अहिले सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी तथा नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा काँग्रेसको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइरालालगायत नेता सहभागी हुनुहुन्छ ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराईलगायत नेता पनि संविधानसभा भवन पुगिसक्नुभएको छ । सोमबार भएको बैठक कक्षको तोडफोड, एमाओवादीसहितको मोर्चाको आजको बन्दका अवस्थामा अहिले अपराह्न १ः०० बजेदेखि बस्ने भनिएको संविधानसभाको बैठकपूर्व भइरहेको आन्तरिक छलफललाई अत्यन्त महत्वका साथ हेरिएको छ । संविधानसभा भवन बाहिर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको तथा भवनभित्र मर्यादापालकको सङ्ख्या बढाइएको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया