माओवादी कार्यकर्ताबाट ग्यास नियन्त्रणमा
काठमाडौँ, ५ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आज ललितपुरको ग्वार्कोस्थित हिमाल ग्यास कम्पनीको मुख्य डिपोबाट ग्यास सिलिन्डर नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका छन् ।
ग्यासका सिलिन्डर लुकाएर कालोबजारी गरिएको भन्दै माओवादी कार्यकर्ताले डिपोमा छापा मारी करिब १०० वटा भरिएका सिलिन्डर निःशुल्क बाँडेका हुन् । करिब १५० जना कार्यकर्ताले केही स्थानीयवासीलाई समेत साथ लिएर ग्यासको डिपोमा छापा मारेको माओवादीले जनाएको छ ।
‘ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेर जनतालाई सास्ती दिएकाले’ डिपोका ग्यास नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरिएको नेता राजु कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँले पार्टीको नीतिअनुरुप सुरु गरिएको सो अभियान साङ्केतिक भएको र अन्य डिपोमा समेत छापामारी सिलिन्डर वितरण गरिने जिकिर गर्नुभयो । सोक्रममा माओवादी कार्यकर्ताले डिपोमा रहेका चार हजार बढी सिलिन्डर तितरवितर पारेका थिए ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया