संविधानमा दलित शब्द हटाई प्रतिभा राख्न माग

इनेप्लिज २०७१ माघ ५ गते १६:११ मा प्रकाशित

dalit-pahichanकाठमाडौँ, ५ माघ । प्रतिभा नागरिक समाजले अब बन्ने संविधानमा दलित भन्ने शब्द हटाई प्रतिभा शब्द राख्न माग गर्दै आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष दलबीर विश्वकर्मा रसाइली नेतृत्वको टोलीले आज साँझ नयाँबानेश्वरस्थित संविधानसभा परिसरमा सभाअध्यक्षलाई मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

दलित समुदायलाई विशेष सुविधा दिँदा र कार्यक्रम सञ्चालन गर्दा तल्लो तहदेखि शैक्षिक वृद्धि, आर्थिक वृद्धि, समाजिक असमानता, छुवाछूत निर्मूल पार्ने ठोस योजना कार्यान्वयन गर्न सक्ने एक सशक्त संवैधानिक आयोगको व्यवस्था संविधानमा सुनिश्चित गर्न पनि समाजले माग गरेको छ ।

ज्ञापनपत्र बुभ्mदै सभाध्यक्ष नेम्वाङले माग जायज र अहिलेको युग सुहाउँदो रहेकाले यसलाई संविधानसभामा पेस गरी पारित गराउन प्रयास गर्ने आश्वासन दिनुभएको समाजका अध्यक्ष रसाइलीले बताउनुभयो ।

उहाँले दलित आफैंमा हेपिएको शब्द रहेकाले २१ औँ सताब्दीअनुसारको सुहाउँदो शब्द प्रतिभा राखिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया