अर्थ मन्त्रीसँग विश्व बैंकका उपाध्यक्षको भेटवार्ता
काठमाडौँ, ५ माघ । अर्थ मन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहनु भएका विश्व बैंक अन्तर्गत दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच अर्थ मन्त्रालयमा आज भेटवार्ता भएको छ ।
सो अवसरमा अर्थमन्त्री डा। महतले समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको जानकारी गराउनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको आवश्यकता, योजना र प्राथमिकताअनुसार सहयोग गर्ने बैंकको चारवर्षे रणनीतिका बारेमा सन्तुष्टि व्यक्त गर्दै उहाँले आगामी दिनमा बैंकलाई ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
नेपालले सन् २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने सङ्कल्प गरेको उल्लेख गर्दै अर्थमन्त्री डा। महतले त्यसका लागि पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालले सामाजिक क्षेत्र र आर्थिक संवेदनशीलताका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेपनि प्रतिव्यक्ति आम्दानीका दृष्टिले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ ।”
विश्व बैंक समूहले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने चासो र गम्भीरता देखाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री डा। महतले हालै भारतसँग भएको विद्युत् व्यापार सम्झौता र सार्क सम्मेलनताका भएको प्रसारणलाइन जोड्ने सम्झौताले नेपालमा लगानी गरी उत्पादन हुने बिजुलीको दक्षिण एसियाको बजार सुरक्षित भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा बैंकका दक्षिण एसिया उपाध्यक्ष डिक्सनले ऋण भुक्तानी सम्बन्धी क्षमता बढेको कारणले अनुदान घटेको स्पष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो “नेपालले विश्व बैंकबाट प्राप्त गर्ने सहुलियतपूर्ण ऋणको आकार बढ्ने भएकाले समग्रमा बढी रकम पाउने र ऋण लिएको मिति तथा भुक्तानी मितिबीचको मूल्यमा अझ बढी लाभ पुग्नेछ ।”
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया