आठसय सिलिन्डर आठ हजार ग्राहक
फलेवास (पर्वत), ५ माघ । विगत ३ महिनादेखि ग्यासको हाहाकार भएको पर्वतमा आज ८०० सिलिन्डर ग्यास भित्रिएको छ । पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय पर्वतको पहलमा बजारमा ग्यास भित्रिएपछि उपभोक्ताको भीड लागेको थियो ।
आठसय ग्यास लिन आठ हजारभन्दा बढी उपभोक्ताको भीड भएपछि प्रहरीले वितरणको व्यवस्था मिलाएको थियो । ग्यास ल्याउनका लागि पोखराबाट प्रहरीले स्कर्टिङ समेत गरेको थियो ।
पोखरास्थित शक्ति ग्यास उद्योगबाट ८०० सिलिन्डर ल्याएर वितरण गरिएको र यसबाट केही राहत मिल्ने पर्वत उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।
बजारमा ग्यास भित्रिए पनि डिलरहरुले लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने भएकाले सडकमै वितरण व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
पर्वतमा दैनिक आठ हजार भन्दा बढी सिलिन्डर ग्यासको माग हुने भए पनि ८०० सिलिन्डरले केही नहुने भए पनि यसले थोरैमात्र राहत मिल्ने बताइएको छ ।
पर्वत सदरमुकामका साथै जिल्लाका ग्रामीण भेगमा समेत ग्यासको उपभोग गर्ने उपभोक्ता बढेकाले ग्यासको माग दैनिक रुपमा बढ्ने गरेको पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया