जगदम्बा उद्योगमा आगलागी, करिब एक करोडको क्षति
वीरगन्ज (पर्सा), ५ माघ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा आज बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
बिहान करिब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक भएको जगदम्बा उद्योगका प्रशासकीय अधिकृत कुन्दन ढकालले जानकारी दिनुभयो । उहाँले उद्योगको महत्वपूर्ण प्लान्टमा आगलागी भएका कारण रु एक करोडभन्दा बढी नै क्षति भएको उल्लेख गर्नु भयो ।
आगलागीमा परी उद्योगको कुलिङ बेड, तीसवटा मोटर, बिजुलीका केबल तथा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ जलेर खरानी भएको प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।
आगलागीबाट कारण आज बिहानबाट उद्योगको उत्पादनमा पनि अवरुद्ध भएको ढकालले बताउनुभयो । आगो इलाका प्रहरी कार्यालय सिमरा, वीरगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज बारुण यन्त्रको सहयोगमा करिब ४ः३० बजे मात्रै आगो नियन्त्रणमा आएको जगदम्बा उधोगले जनाएको छ ।
वीरगन्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने सो उद्योग नेपालकै ठूलो उद्योगका रुपमा चिनिने गर्दछ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया