बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:५७
वासिङटन डिसी 18:12

मिठाई पसलमा छापा

इनेप्लिज २०७१ माघ ५ गते ३:४० मा प्रकाशित

Mithai1पथरी, ५ माघ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य मिठाईजन्य पदार्थ बेचेको भन्दै विराटनगरका मिठाई पसलमा छापा मारेको छ ।

कार्यालयले विराटगरमा रहेको युनिक एन्ड स्विट होटलले अखाद्य सामान मिसाई मिठाईजन्य पदार्थ बेचेको भन्दै सिल गरेको छ । त्यस्तै बिकानेर स्विट होममा छापामारी बिक्रीका लागि राखिएको ठूलो परिणामको मिठाई आगो लगाई नष्ट गरेको जनाएको छ ।

यसैगरी आँगन होटललाई सफा राख्न र मानव स्वास्थ्यसँग खेलबाड नगर्न चेतावनी दिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मोरङका प्रमुख प्रमोद कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया