शान्ति र संविधानको कामना गर्दै एक युवक साइकल यात्रामा
इलाम, ५ माघ । देशमा शान्ति र संविधान आओस् भन्ने उद्देश्य लिएर चितवन मेघौली–५ का एक युवा साइकल यात्रामा निस्किएका छन् ।
यही माघ ८ मै संविधान जारी भएर शान्ति, अमनचयन भएको हेर्ने अभीष्ट लिएर मेघौलीका ४१ वर्षीय चन्द्रबहादुर क्षेत्री साइकल यात्रामा निस्कनुभएको हो ।
एकचक्के साइकल लिएर भ्रमणमा निस्किनुभएका उहाँले अहिले १७ जिल्ला घुमिसक्नुभएको छ । “साइकल यात्राको माध्यमबाट देशमा शान्ति र संविधान आओस् भन्ने मेरो कामना हो”–क्षेत्रीले भन्नुभयो–“यसबाटै नेपालको यात्रा गर्नुछ ।”
विसं २०५६ देखि साइकल यात्रा प्रारम्भ गर्नुभएका क्षेत्रीले पोखरा, नुवाकोट, धादिङ, धरान, चितवनलगायत जिल्ला घुमिसक्नुभएको छ । एकचक्के साइकलमा चढेर जिल्ला भ्रमण गर्नु चानचुन कुरा होइन । “पूरै शरीरलाई सन्तुलनमा राखेर साइकल चलाउनुपर्छ”–क्षेत्री भन्नुहुन्छ–“यो अरू साइकल यात्रीका लागि कठिन हो ।” यात्रा गर्दा धेरै ठाउँमा लडेर शरीर दुखेको सम्झँदै अब दुई÷तीन दिनमा ताप्लेजुङको पाथीभरा मन्दिरको यात्रा गर्ने उहाँले बताउनुभयो ।
एकचक्के साइकल यात्रा गर्ने पहिलो नेपाली आफू भएको उहाँ दाबी गर्नुहुन्छ । उहाँ दैनिक २०÷२५ किलोमिटर यात्रा गर्नुहुन्छ ।
इलामको श्रीअन्तु, कन्याम र सदरमुकाम पनि उक्त साइकलबाटै यात्रा पूरा गर्नुभएको छ । आइतबार क्षेत्रीले चोकबजारमा करिब २० मिनेटसम्म प्रदर्शन गर्नुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया