पेट्रोलियम पदार्थको मूल्य घट्यो
इनेप्लिज
२०७१ माघ ४ गते ६:०१ मा प्रकाशित
काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।
निगमले १५/१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू गरेकोले अन्तर्राष्ट्रिय बजारअनुसार समायोजनका लागि मूल्य घटाएको निगममा प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
घटाएको मूल्यअनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु ८८ कायम भएको छ । निगमले समायोजनअनुसार मूल्य घटाएको यो सातौँपटक हो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया