मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २१:२२
वासिङटन डिसी 11:37

दस किलो चाँदीसहित एक पक्राउ

इनेप्लिज २०७१ माघ ३ गते १४:३७ मा प्रकाशित

Silvarविराटनगर, ३ माघ । भारतको जोगवनीतर्फ १० किलो चाँदी लैजाँदै गरेको अवस्थामा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–२१ का ३५ वर्षीय मुन्ना शर्मा रहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निजलाई पटुका बनाई सोभित्र चाँदी लुकाई विराटनगर–१८ को जतुवा भएर सीमावर्ती भारतको जोगवनी साइकलमा चढेर जाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

सिटी अस्पताल नजिक एक अपरिचित व्यक्तिले जोगवनी पु¥याइ दिएको खण्डमा रु दुई हजार दिने सर्तमा आफूले सो परिमाणको चाँदी लगेको उनले प्रारम्भिक बयान दिएका छन् ।

प्रतिक्रिया