शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १०:५०
वासिङटन डिसी 01:05

बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

इनेप्लिज २०७१ माघ ३ गते १४:३२ मा प्रकाशित

विराटनगर, ३ माघ । यात्रुवाहक बसको ठक्करबाट आज मोरङमा एक साइकल यात्रुको मृत्यु भएको छ ।

ठक्करबाट विराटनगर–१७ का उमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१५ स्थित राजमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ३८०६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका परियारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया